काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाउनुभएको छ ।
आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाउनुभएको हो ।
राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालसँग भेट गर्नुभएको छ ।
सचिवालयका अनुसार आज (सोमबार) बिहान खनाल निवासमा १ घण्टा भएको भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मत तथा पछिल्लो राजनीतिक घटनाहरूका विषमा कुराकानी भएको छ ।
राष्ट्रपति निर्वाचन फागुन २५ गते हुने छ । पौडेल नौ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार हुनुहुन्छ छ भने नेकपा एमालेका तर्फबाट पूर्वसभामुखसमेत रहनुभएका पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता