बडिगाड गाउँपालिकाले गर्‍यो चैतमै सबै योजना सक्ने गरि सम्झौता

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षका योजना सम्झौता सकेर निर्माणलाई तीव्रता दिएको छ । गाउँपालिकाले हालसम्म ९९.९ प्रतिशत योजना सम्झौता सकेको जनाएको छ । कुल ३३२ योजना रहेका मध्ये ३२७ वटा योजना सम्झौता गरि काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।

चैत मसान्तसम्म सबै योजना सक्ने गरि असोजदेखि नै आयोजना सम्झौता गरेको भण्डारीले बताउनुभयो । उहाँका अनुसार एक सय पाँच योजना सम्पन्न भएर फरफारक भइसकेका छन् । गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी लगानी सडक निर्माणमा गरेको छ । अहिलेसम्म सडकले नजोडिएका गाउँमा सडक पुर्याउनेदेखि शैक्षिक क्षेत्रको सुधारमा जोड दिएको उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत भण्डारी भन्नुहुन्छ, ‘यस वर्ष समयमै योजना सम्झौता सुरु गर्यौ र काम पनि समयमै सुरु भए, साना ठूला सबै योजना अहिले निर्माणका चरणमा छन्, केही योजना सम्पन्न भइसकेका छन्, अबको एक डेढ महिनामै सबै योजना सक्ने हाम्रो लक्ष्य छ, त्यो पूरा गर्ने गरि काम भइरहेको छ ।’

चालु आर्थिक वर्षमा बडिगाड गाउँपालिकाको कुल बजेट ७७ करोड रुपैयाँ रहेको छ । साना तथा पालिकाका गौरवका आयोजना यस वर्ष समेटिएको भण्डारीको भनाइ छ । गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट पुरानोगाउँ-फोर्सा सडक वडा नम्बर ८ मा ४० लाख र किटेनीदेखि वडा नम्बर ३ जोड्ने सडकमा ४५ लाख रुपैयाँ लगानी गरेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाएको भन्दै ति योजना सबै कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटोलाई यस वर्ष मुख्य प्राथमिकतामा राखेको उहाँको भनाई छ । यस वर्ष अहिलेसम्म मोटरबाटो नपुगेको वडा नम्बर ८ को फोर्सा गाउँमा सडक पुर्याउने गरि काम गरेको बताउनुभयो ।

‘नागरिकका तमाम समस्याहरु छन्, ति समस्याहरुलाई क्रमस समाधान गर्दै जाने लयमा छौँ, अहिलेसम्म केही गाउँ बस्तीहरु सडक संजालले जोडिएका छैनन्, भिर पहरा फोडेर सडक निर्माण गर्नु पर्ने छ,’ अध्यक्ष अधिकारीले भन्नुभयो, ‘ति गाउँहरुमा सडक नपुग्दा त्यहाँका नागरिकले निकै दुःख पाउनु भएको छ, अब उहाँहरुको दुःख धेरै दिन टिक्ने छैन ।’

अहिलेसम्म चालु तर्फ ४० प्रतिशत र पूँजीगत तर्फ २५ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ । बडिगाड गाउँपालिकाले यस वर्षदेखि आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट कार्यालय संचालन गर्न अन्तिम तयारीमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज