धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ । आइतवार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा ५२ सांसदले मतदान गरेका छन् । शाह पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले शाहको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको जानकारी दिनुभयो ।
माघ २६ गते मुख्यमन्त्रीको रुपमा राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उहाँ पदमुक्त हुनुभएको थियो । सोही दिन नेपाली कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा (एमाले)का १० जना, नागरिक उन्मुक्तिका सात जना एकीकृत समाजवादीको चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना र एक स्वतन्त्र सांसद छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता