प्रधानमन्त्रीलाई मुद्दा लाग्दा प्रधानमन्त्रीकै पार्टी बोल्न नसकेको विप्लवको आरोप

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री एवं नेकपा –माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबिरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीबिरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताउनु भयो । उहाँले मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उहाँको पार्टी कता गयो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिनुभयो । उहाँले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गर्नुभयो । उहाँले माओवादीलाई अपराधी बनाए इतिहास दोह¥याउने चेतावनी दिनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिङ्ग जस्तो, उदास जस्तो, जसले गर्व गरेर यो देशमा हास्नुपर्ने हो त्यो उदास जस्तो, निराश जस्तो, जो मानिसहरुले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्न्पर्ने जस्तो के हो यो देशमा ? जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो, त्यो अपराधी जस्तो, मलाई शहीदका छोराहरुले पनि भन्नुभयो, हामी अपराधी हो ? राज्यले के गरिरहेको छ । सम्मानित हुनुपर्ने मान्छे अपराधी जस्तो, कठघरामा उभ्याउनुपर्ने मान्छेले हालीमुहाली चलाउने जस्तो, इतिहास यसरी उल्टियो । आज यो सारा माओवादीले बिगार्यो, भत्कायो, अपराधीहरु, लुटेराहरु, भाषणैपिच्छे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ । को हो हत्यारा नेपालमा ? २ सर्य वर्षसम्म जनतालाई चुसेर अर्बौं सम्पती थुपार्ने सामन्तहरु अपराधी हुन् । हामी अपराधी होइनौँ जुन अपराधी बनाइ व्याख्या गर्न खोजिएको छ, सह्य हुँदैन । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन । माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ । दोह¥याउन सकिन्छ, हेक्का राखौँ । हामी एक भएर उठ्यौँ भने २०६० सालको माओवाली व्युँताउन सकिन्छ । हिजो प्रचण्ड कमरेडलाई मुद्दा दायर गर्दा कोही बोलेन । मैले त बोले नि । तर उहाँको पार्टी कता गयो । मान्छे छैनन् कि के हो ? मान्छेको त नशामा अलिकति रगत त बग्नुपर्छ नि । यो सुनसानजस्तो देखिन्छ । अर्को मान्छे फाँइफुट्टि लाउँदैछ ।’

महासचिव चन्दले माओवादीलाई अपराधी बनाएर व्याख्या गर्नेकुरा सह्य नहुने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?