जवरजस्ती होली नखेल्न भोजपुर प्रशासनले सचेत गरायो

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले अमर्यादितरुपमा फागु पूर्णिमा (होली) पर्व नमनाउन सवैलाई आग्रह गरेको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले होली पर्व सभ्यरुपमा मनाउन सवैलाई आग्रह गर्नु भएको हो । पर्व मनाउने नाममा कसैको इच्छा बिपरीत जवरजस्ती, अमर्यादित, गैरकानुनी किसिमका कुनै पनि ब्यवहार गर्ने र गराउने कार्य नगर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले सवै पक्षसँग आग्रह गर्नु भएको छ ।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी घिमिरेले सार्वजनिक सुचना समेत जारी गर्दे मादक पदार्थ खाने खुवाउने, मादक पदार्थ खाएर सवारी साधन चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने कार्यहरु नगर्न नगराउन पनि सवैलाई सचेत गराउनु भएको छ ।

भोजपुर लगायतका पहाडी जिल्लाहरुमा फागुन २२ गते होली पर्व मनाइने छ भने तराईका जिल्लाहरुमा फागुन २३ गते होली पर्व मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज