भोजपुर । भोजपुर र धनकुटाको सिमाना लेगुवाघाट स्थित अरूण नदीको पुलमा लगाईएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिए पछि सवारीका साधनहरू समेत आलो पालो प्रवेश गराउन थालिएको छ ।
पुलमा लगाईएको ८ वटा नट बोल्ट भाँचिएपछि १० टन भन्दा बढीका साधन प्रवेशमा समेत रोक लगाइएको छ । सडक डिभिजन कार्यालय तुम्लिङटारले एक सुचना नै जारी गर्दे पुलमा लगाईएको नट बोल्ट भाँचिएको पुष्टि गर्दे सवैलाई सचेत रहन आग्रह गरेको हो ।
सडक डिभिजन कार्यालयले पुलको मध्य भागमा स्टिल गृडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको ८ वटा नट बोल्ट भाचिँएको हुँदा १० टन बढीको सवारी साधन प्रवेशमा रोक लगाइएको छ । तत्काल सुरक्षाकर्मी समेत परिचालन गरी पुलमा एक पटकमा एउटा सवारी साधन प्रवेश गर्ने व्यवस्था गरिएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts