शाहरुख अभिनित पठानद्वारा १०२६ करोड संकलन

Read Time = 1 min

काठमाडौं । शाहरुख खान अभिनित पठानले १०२६ करोड संकलन गरेको छ ।

गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दामाथिको किर्तिमानलाई तोड्दै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो ।

ADVERTISEMENT

सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ ।

बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ ।

दक्षिणी फिल्महरूले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानको किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरूले टिप्पणी गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?