स्ववियु निर्वाचन: आज मतदाताको सूची प्रकाशन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका अनुसार आज मतदाताको सूची प्रकाशन हुने भएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज मतदाता सूची प्रकाशन गरिने भएको हो ।

ADVERTISEMENT

यसअघि चुनावमा भाग लिने विद्यार्थी संगठनहरुको दर्ता गर्ने काम भएको थियो। आज प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ।

यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज