सिल्भर ओकमा होली कार्निभल

Read Time = 1 min

काठमाडौं । रङको पर्व होलीमा काठमाडौंको सिल्भर ओकमा ‘होली कार्निभल’ फेस्टिभल हुने भएको छ । फागु पर्वको अवसरमा सोमबार सिल्भर ओकमा विभिन्न सांगीतिक कार्यक्रमसहित फेस्टिभल हुने आयोजकले जनाएको छ ।

युनिफाइ नेपालको व्यवस्थापनमा सोलिस र आर्बिट्रेयरीले एकसाथ फेस्टिभल गर्न लागेको हो । फेस्टिभलमा विभिन्न मुलुकका डिजेसहित नेपालका डिजेको सहभागिता रहने इभेन्टका म्यानेजर रविन श्रेष्ठले बताउनुभयो ।

ADVERTISEMENT

फेस्टिभलमा सहभागी हुन चाहनेले ‘खल्ती’ एपबाट टिकट खरिद गर्न सक्ने बताइएको छ । टिकट मूल्य १५ सय रुपैयाँ रहेको छ । इभेन्टमा सर्कस सो, फन गेम र विभिन्न खानाका स्टलसमेत रहने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?