गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुक अहिले जर्जर अवस्थामा पुगेको बताउनुभएको छ। शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा पत्रकारहरुसंग कुरा गुर्नुहुँदै शाहीले मुलुकको अर्थतन्त्रको अवस्था कमजोर अवस्थामा पुगेको बताउनुभएको हो।
शरीरमा लगाएको कपडा फेर्न नपाउँदै सरकार परिवर्तन हुने गरेको बताउँदै अस्थिर सरकारका कारण देश जर्जर अवस्थामा पुगेको उल्लेख गर्नुभयो। संघीयताका कारण देशको अर्थतन्त्र धराशायी बनेको उहाँको भनाइ छ।
धर्मनिरपेक्षता र प्रदेश खारेजीको विषयमा जनताले दिएको रायको पोको खोल्नका लागि सदन र सडकमा आफुहरुले आन्दोलन गर्ने उहाँले बताउनुभयो। संविधान निर्माण गर्नु पहिला जनताबाट लिएको अभिप्रायलाई लुकाएर राखिएको बताउँदै त्यसलाई सार्वजनिक गर्न पनि सरकारसँग माग गर्नुभयो।
सांसद शाहीले नेपालको संविधान नेपाली माटो सुहाउँदो नभएको बताउँदै नेपालको राजनीति अवसरवादीको थलो भएको उल्लेख गर्नुभयो। नेपालको संविधानलाई अवसरवादीले मात्र राम्रो भन्ने गरेको टिप्पणी समेत गर्नुभयो।
यो संविधानले सरकारी कर्मचारीलाई मात्रै फाइदा पुर्याएको कटाक्ष गर्दै एनजीओले बनाएको संविधानलाई नेपालका सांसदले ताली बजाएर समर्थन गरेको भन्दै नेपालको संविधान विदेशीको हरियो डलर खाएर लेखिएको आरोप लगाउनुभयो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts