गुल्मी । गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार बढी विद्यार्थी सहभागी हुनेभएका छन्। भोलि (शुक्रबार) देखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ७२२ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो।
इकाइ प्रमुख मरासिनीका अनुसार नियमित साधारणतर्फ चार हजार ३३८ र नियमित प्राविधिकतर्फ ३४२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। त्यस्तै, नियमिततर्फ खुला आठ र आंशिक तथा ग्रेडवृद्धितर्फ ४२ विद्यार्थी परीक्षामा सहभागी हुनेभएका छन्। परीक्षामा सहभागी हुन न्यूनतम् ७० प्रतिशत हाजिरी पुगेको हुनुपर्ने छ यस जिल्लाका १६ विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गरेका छन्। यस वर्षको एसईईमा साधारण र प्राविधिक धारतर्फको परीक्षा केन्द्र एउटै केन्द्रमा हुनेभएको छ। विगतमा प्राविधिक धारतर्फको परीक्षा केन्द्र तम्घासको महेन्द्र माध्यमिक विद्यालयमा रहेको उहाँले बताउनुभयो।
एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाका विभिन्न स्थानमा २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यो वर्ष धुर्कोट गाउँपालिका-७, वाग्लामा रहेको भगवती माध्यमिक विद्यालयमा पनि परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै, परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइले परीक्षाका लागि आवश्यक व्यवस्थापन गर्नेछ । त्यस्तै, परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोलीद्वारा अनुगमन गरिने बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts