सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छः सचेतक बर्तौला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

काठमाडौं । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताउनुभएको छ ।

सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उहाँलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताउनु भयो । उहाँले प्रतिनिधि सभा नियमावलीमा सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराउनु उहाँहरुको सार्वभौम अधिकारको कुरा भएपनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिनुभयो ।

मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले सभामुख सभाको रेफ्रि भएको भन्दै रेफ्रिले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने बताउनु भयो । उहाँले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसदको प्रभावकारीतामा गतिरोध उत्पन्न हुने बताउनु भयो । उहाँले त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘माननीयहरुले राखेको विषय उहाँहरुको सार्वभौम अधिकारको कुरा हो । हामी सबैले बुझ्न के पर्छ भने सभामुख भनेको लिडर अफ द हाउस । हेड अफ द इन्स्टिच्युसन । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका । प्रतिनिधि सभाको सभामुख भनेको हाउसको हाम्रो अगुवा र नेता भएको कारणले गर्दा उहाँलाई सिंगो हाउसले विश्वास गर्नुपर्छ भन्ने हो । किनभने उहाँ रेफ्रिको भुमिकामा हुनुहुन्छ । रेफ्रिले कतिबेर सिठी बजाउने भन्नेकुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रिको पर्फमेन्स के हुन्छ ? सिंगो खेलको अवस्था के रहन्छ ? त्यसकारण जब हाउसको विषय रहन्छ, सभामुख एउटा रेफ्रि हो । रेफ्रिले निष्पक्षता, तटस्थताको आधारबाट भुमिका निर्वाह गर्नुपर्छ । यदी त्यसप्रकारको भुमिका निर्वाह गर्नको लागि जे संवैधानिक अधिकारहरु छ । हामीले हिजो व्यवस्था गरेका अधिकारहरु छ, त्यो अधिकारलाई कुण्ठित गर्नेगरी, हातखुट्टा बाँध्नेगरी अर्थात कार्यव्यवस्था परामर्श समितिमा परामर्श गरेर होइनकी सबै निर्णय गरिदिएर त्यो निर्णय बमोजिम मात्रै सभामुख आसनमा रहने, रेस्टरुम निस्किन पनि कार्यव्यवस्था परामर्श समितिको निर्णयबाट भन्ने आशयबाट हामी जान थाल्यौँ भने संसदीय मूल्य, मान्यता, यसको गरिमा र संस्कृतिमा र सिंगो हाउसको प्रभावकारीतामा गतिरोध निर्माण हुन्छ ।’

ADVERTISEMENT

सचेतक बर्तौलाले सभामुखले तटस्थ भुमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गर्नुभयो । नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्नु नहुने उहाँले बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडी बढ्दा संसद गतिहीन हुनसक्ने र अवरोधहरुको जञ्जालमा पर्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो-‘सभामुखले तटस्थ भुमिका निर्वाह गर्न सक्नुभएन । निष्पक्षता उहाँको रहेन । कहीँ प्रश्न गर्ने भुमिका रह्यो भने हाम्रा संविधानमा र यही नियमावलीमा पनि हामीले आचरण अनुरुप काम नगरेमा प्रश्न गर्ने, त्यसको उपचार खोज्ने व्यवस्था गरेका छौँ । सरकार निर्माणको अंक गणित एउटा हो । तर हाउस सञ्चालनको विषय फरक कुरा हो । संसदलाई सञ्चालन गर्ने सन्दर्भमा सरकार निर्माणको अंक गणित, प्रतिपक्ष वा सत्तापक्ष यस हिसावले सत्ताको छायाँको आधारबाट अगाडी बढाउने यस हिसावबाट अगाडी बढ्न खोज्यो भने समग्र संसदको माध्यमबाट हामीले राष्ट्र र जनताको मुद्दाहरुमा डिबेट गरेर जाने फोरम बनाउन सक्दैनौँ । हामीले सत्ता निर्माण, सरकार निर्माणको छायाँ यसमा पर्न दिनु हुँदैन । हाम्रो नेता भनेको सभामुख हो हामीले उहाँलाई विश्वास गर्नुपर्छ । कार्य व्यवस्था परामर्श समितिमा सबै निर्णय गरेर निर्णय भएको माइन्युट अनुसार मात्रै सभामुख अगाडी बढ्नुपर्छ भनेर यदी हामी भन्न थाल्यौँ भने लोकतान्त्रिक संस्थाहरुलाई, सर्वोच्च जनप्रतिनिधि संस्था संसद गतिहिन हुनसक्छ । अवरोधहरुको जञ्जालमा पर्नसक्छ । यो विषयलाई हामीले राजनीतिक परिपक्वताका साथ हाउसको साझा विषय बनाउनुपर्छ ।’

उहाँले संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनु हुँदैन भन्ने निस्कर्ष राजनीतिक दलहरुको रहेको पनि उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?