हलेसी तुवाचुङ नगरपालिकामा कालोपत्रे सडकको शिलान्यास

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा पहिलो पटक कालोपत्रे सडक निर्माण हुने भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम हलेसी सडकले प्रायः वडा छोएको नगरपालिकाभित्र तीन वडालाई समेट्ने गरी पक्की ग्रामिण सडक निर्माण हुने भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–३च्यास्मिटारबाट डिकुवा हुँदै बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साँढे १० किलोमिटर ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडकको सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गर्नुभएको छ ।

सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा ३ वर्षमा सक्नेगरी फेवा कन्ट्रक्सन पोखराले २०७९ पुष २० सडकको ठेक्का सम्झौता गरेको छ ।

ADVERTISEMENT

ड्रेनसहित नौ मिटरको कालोपत्रे सडक बन्ने कन्ट्रक्सनका प्रतिनिधि पत्थर सिं राई राईले बताउनुभयो । नगरपालिकाभित्र बन्ने पहिलो पिच सडकलाई निर्धारित समयमै सम्पन्न गराउनमा समन्वय, सहजीकरण र खबरदारी रहने मेयर राईले बताउनुभयो ।

दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा यो नै पहिलो पक्की ग्रामिण सडक हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?