मधेश प्रदेशको पहिलो जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मधेश प्रदेशले जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेश प्रदेश एक विकेटले विजयी हुँदा प्रतियोगितामा पहिलो जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेश प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलब दुई ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो ।
मधेशका लागि सरस्वती कुमारीले अविजित ३२, एलिसा यादवले १६ र सीमा कुँवरले १५ रन बनाउनुभयो । बलिङतर्फ ललितपुर मेयर्सकी सोनी पाख्रिन र कृतिका मरासैनीले दुई-दुई तथा अश्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक/एक विकेट लिनुभयो ।

ADVERTISEMENT

यसअघि ब्याटिङ गर्दै ललितपुर मेयर्सका लागि सोनी पाख्रिनले ३४, लक्ष्मी चौधरीले २३ तथा सृष्टि जैसीले १५ रन बनाउनुभयो । बलिङतर्फ मधेशका लागि सरस्वती कुमारीले दुई तथा कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले एक/एक विकेट लिनुभयो । जितसँगै मधेश प्रदेश अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर मेयर्स जितविहीन रहँदै अंक तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?