कालीमार्सी धानको बीउ राख्दै जुम्ली किसान

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्न लागि परेका छन् । यहाँका किसानले मार्सीधानको विउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्ला जिल्लालाई मात्र आईतबार सार्वजनिक विदा समेत दिएको छ ।

जुम्ली किसानहरु आज आफ्नो कृषि क्यालेन्डर अनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेको तातोपानी गाउँपालिका-४ का स्थानीयपासि सत्यदेवी पाण्डेले जानकारी दिनुभयो । कालिमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको यहाँका स्थानीयवासि बताउँछन् ।

ADVERTISEMENT

जिल्लामा करिब २ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । उर्जा विकास तथा सिचाई कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले जिल्लाभर विपतले खेति योग्य जमीन र कुलो वगाएका छन् । कार्यालयमा आएका निवेदन अनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा उर्जा विकास मन्त्रालयमा ३४ वटा कुलाको योजना निर्माणका लागि पठाएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ। सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालका अनुसार पालिका भित्र जाँच कुलो, घोडेङ्गा, चुलेलगाउँ, धिताललीही सहित विभिन्न स्थानमा ठूलो मात्रामा मार्सीधान सिँचाई हुने कुला विपतले क्षत विच्छेद वनाएपछि मर्मत गर्न समस्या भईरहेको बताउनुभयो ।

गत असोज महिनामा आएको बाढी र पहिरोले गएको कुलो निर्माण हुन नसक्दा यस पटक धेरैजसो किसानलाई विउ राख्न कठिन भएको छ स्थानीय तहका कृषि शाखाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?