मुलुकमा साम्प्रदायिकताको कुनै स्थान छैनः अध्यक्ष ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताउनु भएको छ ।

कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको भनाई थियो । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सिप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिनु भयो । अध्यक्ष ओलीले नेपाल बसोबासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘तापक्रमको हिसावले, बसाईको हिसावले नेपाल स्वर्ग हो । कामको हिसावमा हामी विदेशमा जानु परेको छ । जाने बाध्यता हुन्छ । परिस्थिति हुन्छ । त्यस परिस्थितिलाई पार गरेर हामी स्वदेश फर्किएका हुन्छौं । स्वदेश फर्किदा केही ज्ञान, केही सिप, केही संकल्प, केही अठोट बोकेर आएका हुन्छौं । तर कहिलेकहिले कस्तो हुन्छ भने कुन उत्साहका साथ फर्किएर आयो । यहाँ एक्लै परिन्छ । गाउँका खेत उस्तै छन । अझ बाँझा । बारी उस्तै छन । अझ बाँझा । अझ रुखा भएका हुन्छन । अनि उही कुटो, उही कोदालो, उही परम्परागत ढाँचाको खेतीपाती । भएको उद्योग पनि सिद्धिएर उद्योगविहिनताको स्थिति । यस्तो स्थितिमा मान्छे एक्लो महसुस गर्छ । यस्तो अवस्थामा तपाईहरुले रिटर्नी फेडेरेशन भनेर देश भरीका दुई वर्ष भन्दा बढि बाहिर रहेर घर फर्किएकाहरुको संगठन बनाउनु भएको छ । देशव्यापी संगठन, जसले गर्दा यस संगठनले अर्को एउटा काम गरे हुन्छ । रिटर्नीका बेथा, विदेश जानेका व्यथा, फर्केका आउनेका व्यथा उस्तै छन । समाधान मिलेर गर्नु पर्छ । यहाँ साम्प्रदायिकताको ठाउँ छैन । साम्प्रादायिक नारा लगाएर समस्याको समाधान हुँदैन । रिटर्नी फेडेरेशनले बुझेको छ । कि हामी पूर्वको होस कि पश्चिमको । उत्तरको होस की दक्षिणको । निर्माण कार्यमा होस कि उत्पादन कार्यमा । जे सुकैमा लागेको भएपनि संगठित ढंगले सामूहिक रुपले हाम्रा क्षमताहरु, स्रोतहरु, साधनहरुको प्रयोग गरेर संगठित प्रयासबाट एकले अर्कालाई मद्दत गरेर एक अर्काका समस्या बुझेर अगाडि बढनु पर्दछ । र, हाम्रो आफ्नो आर्थिक अवस्थामा परिवर्तन ल्याउने मात्रै होइन, अरु स्थानीय वा देशवासीहरुको समस्या पनि समाधान गर्नु पर्दछ भनेर तपाईहरुले संगठन बनाउनु भएको छ ।’

अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरुको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यक्ता रहेको पनि औंल्याउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज