सचिवहरु वडा कार्यालयमा नबस्दा नागरिकलाई सास्ती

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा सचिवहरु वडा कार्यालय नबसी दिक्तेलमै बसेर अड्डा जमाएपछि सेवाग्राहीले पाउनु सम्मको सास्ती पाएका छन् ।

नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट करीव १०० मिटर अगाडी भवन गैरास्थित आचार्य फोटोकपी एण्ड फोटो स्टुडियोमा सात वडाका सचिवहरु वडा नगई अड्डा जमाएर बसेपछि सम्बन्धित वडाका सेवाग्राहीले दैनिक सास्ती माथि सास्ती खेपिरहनु परेको छ ।

बुईपा र बाम्राङ हेर्ने मोहन आचार्य, खार्मीका होमनाथ खनाल, निर्मलीडाँडा र जालपा हेर्ने संजिव मुग्राती, बुवालुङका मिनप्रसाद आचार्य र नेर्पाका वविता आचार्य वडा कार्यालयमा बस्दैनन् । उनीहरुबाट काम गराउन सेवाग्राही गाउँगाउँबाट गाडी चढी महंगो भाडा तिरेर दिक्तेल आउनु परिरहेको छ ।

दिक्तेल र खाल्ले युवराज कालिकोटे, सोल्मागोमा ढकाल, लफ्याङ दिनेश राई, दोर्पा चिउरीडाँडा प्रभुराम कट्वाल, नुनथला चिरञ्जीवी आचार्य, विजयखर्क पवित्रा तिम्सिना र पाथेका चित्र सुवेदीले हेरिरहेका छन् ।

बाम्राङका मोहन आचार्य र खाल्लेका पवन श्रेष्ठ निलम्बनमा परेपछि तथा निर्मलीडाँडामा खटाईएका सचिव मन्दिरा घिमिरे हालसम्म वडामा हाजिर नभएकाले वडा सचिवहरुले दुई दुई वडा हेर्नु परेको हो ।

ADVERTISEMENT

सिफारिस लगायतका कामगर्न सधै दिक्तेल नै आउनुपर्ने बाध्यता रहेको बुवालुङकी ७० वर्षीया ज्येष्ठ नागरिक बल्लीहिरा राईले बताउनुभयाे ।वडामै हुने कामका लागि दिक्तेलको भवनगैरासम्म आउँदा गाडी चढ्नुपर्ने र त्यहाँ आउँदा पनि सचिवलाई फोन गरीगरी खोज्नुपर्ने, खाजा र चिया समेत खुवाउनुपर्ने नाम नबताउने शर्तमा एकजनाले बताए ।

वडामा जन्मदर्ता, मृत्यु दर्ता, विवाहदर्ता, सम्बन्ध विच्छेद दर्ता, बसाईसराई गर्दा राजस्वमात्रै तिर्नपर्ने हुन्थ्यो । तर, दिक्तेलमाआएर कामगर्दाफोटोकपी र कागजको पैसा तिर्न सेवाग्राहीबाध्य छन् ।यसले मुलुक संघीय संरचनामा गई गाउँगाउँमा स्थानीय सरकार भन्ने नाराकै धज्जी उडाएको छ ।

आफूलाई खटाएको वडामा सेवाग्राहीको काम छिटोछरितो गरेर सुशासनमा सहयोग गर्नुपर्ने र यदि त्यो नभएमा कारबाही गर्नतर्फ अघि बढिने नगरपालिकाका कार्यालय प्रमुख सुभाकर पौडेलले बताउनुभयाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज