गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमडौं । नेकपा माओवादी केन्द्रले आज गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो ।

ADVERTISEMENT

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वको सरकारबाट बाहिरिन नेताहरूलाई यसअघि नै निर्देशन दिइसक्नुभएको छ । गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

वर्तमान सरकारमा माओवादीबाट चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ। माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नुहुनेछ । संविधानअनुसार उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?