ऐतिहासिक टक्सारमा सुरु भयो ज्ञान महायज्ञ

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको टक्सार बजारमा रहेको रणेश्वर शिवालय मन्दिर एक सय बर्ष पुगेको अवसरमा पारेर धार्मिक सम्पदा संरक्षणका लागि बिहिवारबाट सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ ।

इतिहास बोकेको भोजपुरको टक्सारमा रहेको धार्मिक स्थलहरुको संरक्षण र सम्वर्धनमा उचित सहयोग नमिले पछि पुन निर्माण र जिर्णोदारका लागि सप्ताह ज्ञानमहायज्ञ सुरु गरिएको प्रचार प्रसार समितिका संयोजक घमचन्द्र दाहालले बताउनुभयो ।

स्थानीयहरु समेत पलाएन हुने क्रम बढेसँगै अहिले टक्सार बजार क्रमिकरुपमा नाममा मात्र सिमित बन्ने अवस्थामा पुग्दै गएकाले यसलाई पुन पहिलाकै अवस्थामा फर्काउन सकिन्छ कि भन्ने उद्धेश्यले पनि ज्ञान महायज्ञको आयोजना गरिएको संयोजक दाहालको भनाई रहेको छ । एक हप्तासम्म चल्ने महायज्ञको भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले शुभारम्भ गर्नुंभयो ।

“विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध बिक्रम शाहको पालामा स्थापना भएको टक्सार बजारमा रहेका धार्मिक सम्पदाहरु संरक्षण र सम्वर्धनमा कुनै पनि निकायबाट उचित सहयोग हुन सकेन, जसले गर्दा ती सम्पदा जोगाउन हामीले ज्ञानमहायज्ञ नै आयोजन गर्नु पर्यो ।” आयोजक रणेश्वर महादेव गुठी ब्यवस्थापन तथा संचालक समितिका अध्यक्ष शिव कार्कीले भन्नुभयो ।

ADVERTISEMENT

टक्सारमा रहेका ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्वलाई उजागर गर्दे यहाँ भित्र रहेका धार्मिक सम्पदाको संरक्षण र सम्वर्धनका लागि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको समेत आयोजना गरिएको छ । सप्ताह महायज्ञमा प्रख्यात पण्डित सागर भट्टराई र पण्डित सुदिप सुवेदीले कथा बाचन गर्नुका साथै सार्वजनिक संगीतमय कार्यक्रम पनि हुने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज