विद्यालयमा शिक्षकको मापसे परीक्षण गरिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ ।

कक्षा सञ्चालनको समयमा विद्यालयका शिक्षकले नियमित मापसे गरेर कक्षामा आउने गरेको विद्यार्थीको गुनासोपछि नगरपालिकाले शिक्षकको मापसे परीक्षणका निमित्त उपकरण खरिद गर्ने भएको हो ।

नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो ।

नगरप्रमुख विमला राईले मापसे परीक्षण गर्ने उपकरण नगरपालिकाभित्रका छ वटा प्रहरीचौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको बताउनुभयो ।

विगतमा पनि वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै मापसे गरेर प्रश्नपत्र शिरानी लगाएर सुतेको घटना रहेको बताउँदै राइले कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत मादक पदार्थ सेवन गरेर कार्यालयमा अनियमित हुने गरेका गुनासो छ, यी सबै गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले मापसे परीक्षण गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको बताउनुभयो ।

मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थलमा हुने झैझगडामा संलग्नको मापसे जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी छ । मापसे गरेर सार्वजनिकस्थलमा होहल्ला गर्ने सेवाग्राहीको समेत मापसे जाँच हुनेछ ।

ADVERTISEMENT

मापसे परीक्षण गर्ने उपकरण अभावमा हालसम्म स्वास्थ्य संस्थादेखि इलाका प्रहरी कार्यालय हलेसीमा समेत मुख सुँघेर मापसे जाँच गर्नुपर्ने बाध्यता अन्त्यका लागि पनि मापसे जाँच गर्ने उपकरण खरिद गर्ने निर्णय गरिएको जनाइएको छ ।

मध्यपहाडी लोकमार्गले छोएको नगरपालिकामा चालकले मापसे गरे/नगरेको पत्ता लगाउनसमेत उपकरण सहयोगी हुने नगरपालिकाले जनाएको छ ।

आवश्यक परेको समयमा मापसे गर्ने सबैको मापसे जाँच गर्न उपकरणको प्रयोग गरिने नगरप्रमुख राईले बताउनुभयो । विशेषगरी शिक्षकलाई लक्षित गरेर मापसे परीक्षण गर्ने उपकरण ल्याउने निर्णय गरिएको हो ।

दश स्थानीय तह रहेको खोटाङमा अहिलेसम्म पादक पदार्थ सेवन गरे÷नगरेको परीक्षण गर्ने डिजिटल उपकरण छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा समेत मापसे परीक्षण गर्ने उपकरण नरहेको बुझिएको छ ।

ट्राफिक प्रहरी कार्यालयमा एक व्यक्तिको मापसे परीक्षण गर्न कम्तीमा पाँच÷सात मिनेट लाग्ने पुरानो प्रविधिको उपकरणमात्र रहेको ट्राफिक प्रहरी प्रमुख हिमालय पौडेलले बताउनुभयो ।

श्रोत :आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?