आठ महिनामा साढे नौ खर्बको व्यापार घाटा

Read Time = 2 mins

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा साढे नौ खर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार व्यापार घाटा नौ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार पुगेको हो ।

गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपैयाँको व्यापार घाटा बेहोरेको थियो । तथापि व्यापार घाटामा गत आर्थिक वर्षको तुलनामा १७.८६ प्रतिशतले कमी आएको हो । आठ महिनामा कुल व्यापार ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख बराबर भएको छ । सो अवधिमा कुल १० खर्ब ५८ अर्ब ३८ करोडको आयात र एक खर्ब चार अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

ADVERTISEMENT

आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आवको आठ महिनामा कुल व्यापार २०.१४ प्रतिशतले घटेको छ । गत आवमा कुल १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको व्यापार भएको थियो । गत आवमा १३ खर्ब आठ अर्ब ७३ करोडको आयात भएकोमा चालु आवको आठ महिनामा १९.१३ प्रतिशतले कमी आई १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो ।

गत आवको आठ महिनामा एक खर्ब ४७ अर्ब ७४ करोड बराबरको वस्तु निर्यात भएकोमा चालु आवको आठ महिनामा २९.०७ प्रतिशतले घटेर एक खर्ब चार अर्ब ७९ करोडको निर्यात भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?