काठमाडौं । नेवार समुदायको महत्वपूर्ण जात्रामध्येको पहाँचर्हे जात्रा धुमधामका साथ मनाएको छ ।
कृष्ण चतुर्दशीका दिनबाट शुरु हुने यस जात्राको पहिलो दिन गणेश, भगवती, भैरबको पूजा, दोस्रो दिन कन्या पूजा र अन्तिम दिन असनमा चिलाख साटसाट गरि रथ जुधाएर मनाइएको हो ।

















