मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरू

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

लमजुङ  । मर्स्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सुरू भएको छ । गर्भवती महिलाको निःशुल्क गर्भ जाँच गराउन मर्स्याङ्दी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको हो ।

मर्स्याङ्दी गाउँपालिका-३ खुदीमा रहेको खुदी स्वास्थ्य चौकीलाई आइतबार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ग्रामीण अल्ट्रासाउण्ड मेसीन हस्तान्तरण गर्नुभएकाे हाे । सेवा सुचारु कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले गाउँपालिकामा पहिलो पटक खुदी स्वास्थ्य चौकीबाट उक्त सेवा सुरु गरिएको र पालिकाका ९ वटै वडामा उक्त सेवा पुराउने अध्यक्ष गुरुङले बताउनुभयाे ।

स्वास्थ्य क्षेत्रको पनि सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेर स्वास्थ्य संस्थाहरुमा सेवा सुविधा बढाउँदै लगिएको गुरुङले दावी गर्नुभयाे ।

ADVERTISEMENT

गर्भ जाँच गर्न महिलाहरु टाढा-टाढा, सहरबजार धाउनुपर्ने बाध्यतालाई मध्यनजर राख्दै गाउँपालिकाले वडाभित्रै यो सेवा सुरु गरिएको अध्यक्ष गुरुङले बताउनुभयाे । स्वास्थ्यचौकीले तालिम प्राप्त १ जना अनमीको व्यवस्था गरेर ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको उहाँले बताउनुभयाे ।

मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेकाअनुसार सुरक्षित मातृत्वका लागि गाउँपालिका आफैंले करिव ४ लाख रुपैयाँमा ग्रामीण अल्ट्रासाउण्ड उपकरण खरिद गरेर खुदी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको बताउनुभयाे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज