तीन केजीको ट्युमरको शल्यक्रिया

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

चितवन । नवलपरासीका एक व्यक्तिको साँप्रा (तिघ्रा) बाट तीन केजीको ट्युमर निकालिएको छ । विगत पाँच वर्षदेखि बढ्दै गएको ट्युमरको गत शुक्रबार शल्यक्रिया गरी निकालिएको हो ।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का डा. नारायण बेलबासे नेतृत्वको चिकित्सक टोलीले ५९ वर्षीय पुरुषको साँप्राबाट ट्युमर निकालेको अस्पतालले जनाएको छ । डा. निश्चित श्रेष्ठ, डा. विनय तिमल्सिना, एनेस्थेसियोलोजिष्ट डा. राजेश यादवसहितको टोलीले सफल शल्यक्रिया गरेको थियो ।

ADVERTISEMENT

शल्यक्रियामा संलग्न डा. श्रेष्ठका अनुसार पुरुषको देब्रे साँप्रोमा ठूलो ट्युमर देखिएको थियो । आफूहरूले खुट्टामा यति ठूलो ट्युमरको शल्यक्रिया गरेको पहिलो घटना भएको पनि श्रेष्ठले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?