भोजपुर । निर्माणको क्रममा रोकिएको भोजपुरको दक्षिणी क्षेत्र जोडने चुहारको पुल निर्माणमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईको चासो देखिएको छ ।
भोजपुरलाई तराईसँग जोडने दुधकोशी चुहारको पक्की पुल निर्माणका बिषयमा पूर्वमुख्यमन्त्री राई सहितको टोलीले सम्वन्धित निकायसँग छलफल गरेको हो । राईको पहलमा यातायात पूर्वाधार निर्देशानालयको कार्यालय इटहरीमा भएको सर्वपक्षिय वैठकले सम्झौता अनुसारको पुल निर्माणको कार्य पुन सुरु गर्ने निर्णय गरेको छ । बैठकमा यातायात पूर्वाधार निर्देशानालयका निमित्त निर्देशक जीतेन्द्र कुमार कर्ण, प्रादेशिक सडक पूल कार्यक्रमका कार्यक्रम संयोजक सुर्यनारायण चौधरी, प्रदेशसभा सदस्य सृजना राई, निर्देशनालयका इन्जिनियर लगायतको सहभागिता रहेको थियो ।
निर्माण कम्पनी कालिका प्यासिफिक जेभीका आधिकारिक प्रतिनिधि ठाकुरप्रसाद कँडेल सहितको उपस्थितिमा पुल निर्माणमा देखिएको ढिलाईका बिषयमा छलफल गर्दै आगामी असोजसम्ममा निर्माण कार्य पूरा गर्ने सहमति भएको छ । निर्माण व्यावसायीले तत्काल व्यवस्थापक र प्राविधिक परिचालन गर्दे योजनाको जानकारी यातायात पूर्वाधार निर्देशनालयलाई पठाउने निर्णय भएकोे पूर्वमुख्यमन्त्री राईले बताउनुभयो । २०८० को असोज भित्रमा पुल निर्माणको काम सक्ने भन्ने निर्णय भएको समेत राईले जानकारी दिनुभयो । निर्माण कम्पनीले पुल निर्माणमा ढिलाई गरेपछि सवै तिरबाट पुल निर्माणको बिषय चर्चामा थियो ।
पुल निर्माणको कार्य रोकिएको बिषयमा केही समय अगाडी मात्र संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किराँती सहितको टोलीले पनि स्थलगत अवलोकन गरेको थियो । पुल निर्माणका बिषयमा जिल्लाबाट निर्वाचित जनप्रतिनिधी, स्थानिय तहका प्रमुख र गाउँपालिकाले समेत चासो देखाउँदै आइरहेको थियो ।
स्वीस सरकारको स्थानीय सडक पुल सहयोग इकाई र पुर्वाधार निर्देशनालयले पुलको परिमार्जन भएको डिजाइनको अन्तिमरुप दिँदै कामलाई अगाडी वढाउन लागेको हो । भोजपुर जिल्लाको दक्षिण हसनपुर उदयपुरको मैनामैनीको सिमाना चुहार दुधकोशी माथिको निर्माणाधीन पक्की पुल समयमा नै निर्माण नहुँदा समग्र जिल्लाकै विकास निर्माणका कार्य प्रभावित हुदै आएको छ ।
रोकिएको पुल निर्माणमा सवै पक्ष र सरोकारवाला निकायले खवरदारी गर्दे तोकिएको समयमा नै सम्पन्न गरी सुचारु हुने बातावरण बनाउनु पर्ने भोजपुरवासीको माग रहेको छ । यो पुलको निर्माण कार्य समयमा सकिएमा दक्षिणी क्षेत्र हुँदै उदयपुरबाट तराईका जिल्ला जान आउन सहज हुने छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts