काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगित भएका क्याम्पसमा चैत्र १२ गते अगाडि स्ववियु निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविले आइतबार विज्ञप्ति जारी गर्दै आइतबार स्ववियु निर्वाचन नभएका क्याम्पसमा चैत्र १२ गते अगाडि गर्न निर्देशन दिएको हो ।
उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘स्थगन भएका क्याम्पस र कलेजहरूमा पनि आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रविन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्वकर्ता, विद्यार्थी वर्ग, सबै राजनैतिक दल, स्थानीय प्रशासन, आमसञ्चार जगत, अभिभावक वर्गलगायत सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक अनुरोध गर्दछु ।’
लामो अन्तरालपछि आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालयको आइगिक तथा सम्बन्धन प्राप्त अधिकांश क्याम्पस–कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
केही क्याम्पस तथा कलेजहरूमा विद्यार्थी संघ संगठनहरूबीचको सामान्य विवादका कारण मतदान स्थगन गर्नु परेता पनि अधिकांश स्थानमा शान्तिपूर्वक निर्वाचन भएको त्रिविको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements