घोराही उपमहानगरको एक वडा एक नमुना विद्यालयको योजना

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 7 mins

दाङ । शैक्षिक सुधार तथा शिक्षा क्षेत्रको विकासका लागि घोराही उपमहानगरपालिकाले एक वडा एक नमुना विद्यालयको योजना ल्याएको छ । यो योजनाले सामुदायिक विद्यालयमा घट्दै गएको विद्यार्थी सङ्ख्या बढाउने अपेक्षा उपमहानगरको छ । जसका लागि उपमहानगरपालिकाले एक वडा एक नमुना विद्यालय बनाउन प्रत्येक वडाबाट विद्यालय छनौट गरेको छ ।

आउँदो शैक्षिक–सत्रदेखि नमुना विद्यालय बनाउने कार्यक्रम सुरु गरिने घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले वताउनुभयो । उहाँले आउँदो बैशाखदेखि नमुना विद्यालय बनाउने काम सुरु हुने जानकारी दिनुभयो । माध्यमिक विद्यालयसम्मको सञ्चालन तथा व्यवस्थापनको अधिकार स्थानीय तहलाई भयकोले यो योजना कार्यान्वयनमा सहज हुने उहाँको दावी छ । नमुना विद्यालयबाट अन्य विद्यालयले सिकेर अगाडि बढ्न सहयोग पुग्ने उहाँले वताउनुभयो । ‘नमुना विद्यालयबाट नजिकै रहेको विद्यालयहरूमा शिक्षाको सुधारका लागि सहयोग पुग्ने छ’, उहाँले भन्नुभयो ‘ राम्रो कामको सिकाइ सबैले सिक्नुपर्ने छ ।’ नमुना विद्यालयमा कक्षा १ भन्दा पहिले ३ वटा कक्षा सञ्चालन हुने छन् । अङ्ग्रेजी माध्यमबाट पढाइ सञ्चालन हुनेछ । अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएमा बोर्डिङ स्कूलमा जाने विद्यार्थी सामुदायिक विद्यालयमा ल्याउन सहयोग पुग्नेछ । विद्यालयमा भर्ना भएका विद्यार्थी विद्यालयमनै रहने उपमहानगरपालिको अपेक्षा छ ।

‘नमुना विद्यालयमा विद्यार्थीहरूलाई आकर्षण गर्ने वातावरण हुनेछ’, उहाँले भन्नुभयो । नमुना विद्यालयमा विद्यार्थीअनुसार शिक्षकका दरबन्दी पूरा हुने, विद्यार्थीहरूको बसाइलाई व्यवस्थित बनाइने, स्वच्छ खानेपानीको उपलब्धता, शैक्षिक सामग्रीको व्यवस्थापन र त्यसको प्रयोगबाट अध्यापन गराइने, विद्यालयको भौतिक पूर्वाधार पर्याप्त मात्रमा नभएका विद्यालयको भौतिक विकासमा सहयोग गरिने भएको छ । ‘नुमना विद्यालय हरेक हिसाबले नमुना बनाउने योजना रहेको छ’, अधिकृत पौडेलले भन्नुभयो । अहिले एउटा वडामा एक नमुना विद्यालयबाट सुरु गरिएको कार्यलाई विस्तारै अन्य सबै सामुदायिक विद्यालयमा पनि गरिने भएको छ । यसका लागि घोराही उपमहानगरपालिकाको नगर कार्यपालिकाबाट एक वडा एक नमुना विद्यालय बनाउने विद्यालयको छनोट समेत गरिएको छ । वडा कार्यालयबाट सिफारिस भएर आएका विद्यालयहरूलाई शिक्षा समितिले सिफारिस गरेर नगर कार्यपालिकाबाट निर्णय गरिएको हो ।

कार्यपालिकाले नमुना विद्यालयका लागि वडा नं १ को आधारभूत विद्यालय सिमलतारा, वडा नं २ को गैरी बबई प्रावि निमुरिया, वडा नं ३ को आधारभूत विद्यालय सरयु भैसकुर्मा, वडा नं ४ को आधारभूत विद्यालय सुनपुर, वडा नं ५ को महेन्द्र आधारभूत विद्यालय दलजितपुर, वडा नं ६ को जनकल्याण प्रावि लखुवार, वडा नं ७ को रात्री प्रावि शुक्रवार, वडा नं ८ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्रा, वडा नं ९ को प्रावि मकुनडाँडा, वडा नं १० को नवोदय बालकल्याण आधारभूत विद्यालय दक्षिण अम्राईलाई छनोट गरेको छ ।

ADVERTISEMENT

यसैगरेर वडा नं ११ को प्रावि शिवपुर, वडा नं १२ को मावि रतनपुर, वडा नं १३ को बराह क्षेत्र मावि सेवार वनगाउ, वडा नं १४ को बालविकास मावि, वडा नं १५ को सरस्वती मावि काठेकोहल, वडा नं १६ को प्रावि सानीअम्बापुर, वडा नं १७ को प्रावि भैँसाही, वडा नं १८ को अम्विकेश्वरी आधारभूत विद्यालय बेलघारी, वडा नं. १९ को भगवती मावि होडवाङलाई नुमना विद्यालय बनाउने कार्यपालिकाले निर्णय गरेको छ ।

संघीय सरकार तथा प्रदेश सरकारले समेत नमुना विद्यालय छनोट गरेर काम गरिरहेका छन् तर जुन लक्ष्य र उद्देश्यले छनोट गरिएको हो त्यसअनुसार कार्यान्वयन भने हुन सकिरहेका छैनन् । उपमहानगरपालिकाले शिक्षा सुधारका लागि विद्यालयमा पुगेर विद्यालयको अवस्थाका बारेमा जानकारी लिने काम समेत गरेको छ । विद्यालयमा पुगेर पाइएका कमीकमजोरी सुधार गदै लैजाने उपमहानगरपालिकाले जनाएको छ । केही समय अघि सबै विद्यालयमा पुगेर विद्यालयको अवस्थाबारे जानकारी लिने काम भएको र कमीकमजोरीलाई समाधान गदै अगाडि बढिने सामाजिक महाशाखाले जनाएको छ । विद्यालयमै पुगेर अनुगमन गर्दा केही विद्यालयहरूमा हाजिरी रजिष्ट्ररमा बढी र कक्षामा विद्यार्थी कम रहेको समेत पाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?