रास्वपाले उपराष्ट्रपति चुनावमा ममता झालाई मतदान गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मतदान गर्ने निर्णय गरेको छ ।

उपराष्ट्रपतिको उम्मेदवार जनमत पार्टीका झालाई मत दिन रास्‍वपाका सांसदहरू एक मत देखिएको जानकारी रास्वपाका एक नेताले जानकारी दिए।

उनले भने,'उपराष्ट्रपति निर्वाचन आचारसंहिताका कारण कसलाई मत दिने भन्नेबारे सार्वजनिक गर्न मिल्दैन। अन्य दुई उम्मेदवारमा स्वार्थ देखिन्छ, तर जनमत पार्टी हाम्रो जस्तौ नयाँ दल भएको र महिला उम्मेदवार उठाएका कारण झाज्यूलाई मतदान गर्ने भन्नेछ। यो हाम्रो पार्टीको औपचारिक निर्णय भने होइन।'

ADVERTISEMENT

उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र एमालेबाट अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार हुनुहुन्छ ।

रास्वपाले उपराष्ट्रपतिमा मत दिने / नदिनेबारे निर्णय लिन बिहान ११:३० बजे पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बोलाएको थियो। तर, निर्वाचन आचारसंहिताको कारण भन्दै बैठक स्थगित गरेको थियो।

राष्ट्रपति निर्वाचनमा भने रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज