मुलकलाई संवैधानिक संकटबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्रीमा सहमति गर्‍याैं : नेता भट्टराई

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराइले मुलकलाई संवैधानिक संकटमा जान नदिन प्रचण्डलाई प्रधानमन्त्री बनाउँनमा सहमति गरेको बताउनुभएको छ ।

मिसन ग्रासरुट अभियानका क्रममा कालीकोट पुग्नुभएका भट्टराइले मंगलबार बिहान पत्रकारहरुसँग एमाले पार्टी कार्यालयमा कुराकानी गर्दै यस्तो बताउनुभएको हो ।

संसदमा सबैभन्दा ठुलो दल नेकपा एमाले भएपनि ३२ सिट भएको नेकपा माओवादी केन्द्रलाई सहयोग गरेको उहाँले बताउनुभयो । 'मुलुकलाई संकटमा जान नदिन यस्तो गरेका हौं,' उहाँले भन्नुभयो । देशमा राजनीतिक समिकरणहरु बदलिदै गएको भएपनि नेकपा माओवादी केन्द्र आत्म निर्णयको अधिकार गर्न नसक्ने पार्टी भएको उहाँले आक्षेप लगाउनुभयो ।

ADVERTISEMENT

उहाँले लोकतन्त्रमा बलियो जनादेश चाहिने भएकाले त्यो एमाले बाहेक अन्य पार्टीले भूमिका निर्वाह गर्न नसक्ने स्पष्ट पार्नुभयो । प्रचण्डले अन्तराष्ट्रिय स्तरमै बदनाम गरेको पार्टी सचिव भट्टराईको भनाइ छ ।

प्रचण्डले राजनीतिक स्थायित्व कायम गर्न नसकेको बताउँदै भट्टराइले नेकपा माओवादी केन्द्रभित्र पचण्डले विद्रोह गर्न खोजेको आरोप लगाउनुभयो । मुलकमा शान्ति, स्थिरता र समृद्धिका लागि जनताको आशा बिपरित बाह्य चलखेलको प्रभावले गर्दा देश गम्भीर संकटमा पर्न लागेको समेत उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज