भूकम्पको जोखिममा बैतडी

प्राविधिकहरूको सल्लाहबिना नै बन्छन् संरचनाहरू

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीका मुख्य बजार क्षेत्रमा बनेका संरचनाहरू भूकम्पको जोखिममा रहेका छन् । बजार क्षेत्रमा बनेका संरचनाहरू मापदण्डविपरीत निर्माण हुँदा भूकम्पीय जोखिममा रहेको पाइएको हो । जिल्लामा नयाँ बनेका घर तथा अन्य ठूला संरचनाहरू नक्सा पास र माटो परीक्षण नगरी मापदण्डविपरीत बन्ने गरेका छन् । नगरपालिकाले पटक-पटक नयाँ संरचना निर्माण गर्दा अनिवार्य नक्सा पास गरेर मात्रै बनाउन आग्रह गरे पनि बैंकिङ कारोबार गर्ने गरेको दशरथचन्द नगरपालिकाका इञ्जिनियर जयसिंह बोहराले बताउनुभयो । ‘तीन तलाको भन्दा ठूला संरचना निर्माण गर्दा अनिवार्य माटो परीक्षण नक्सा पास लगायतका प्रक्रियाहरू पूरा गर्नुपर्दछ । उक्त प्रक्रिया कसैले पनि पुर्‍याउँदैनन् ।’ उहाँले भन्नुभयो ।

जिल्लाको गढी, गोठालापानी, शाहिलेक, पाटन र खोड्पे बजारमा बनेका अधिकांश संरचनाहरू भूकम्पीय जोखिममा रहेका छन् । पाटन नगरपालिकाका पाटन बजार र खोड्पे बजारमा बन्ने गरेका अधिकांश संरचनाहरू भूकम्पीय जोखिममा रहेका पाटन नगरपालिकाका सब-इञ्जिनियर दिनेश ऐरले जानकारी दिनुभयो । ‘बजार क्षेत्रहरूमा घरहरू प्राविधिकको सल्लाहबिना बन्छन् । नगरपालिकामा नक्सा पासदेखि प्रक्रियासमेत आउँदैनन्’ ऐरले भन्नुभयो ।

नगरपालिकाभित्र निर्माण गरिएका घरहरूको अवस्थाका बारेमा अभिलेखीकरणसमेत गरिएको पाटन नगरपालिकाले जनाएको छ । अभिलेखीकरणका क्रममा अधिकांश संरचनाहरू भूकम्प प्रतिरोधी नरहेको नगरपालिकाले जनाएको हो । नक्सा पास नगरे पनि घरहरू निर्माणमा देखिएका कमी कमजोरीको बारेमा घरधनीहरूलाई जानकारी गराउने गरिएको छ ।

ADVERTISEMENT

बजार क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा बन्ने नयाँ घर तथा भवनहरू भूकम्पीय जोखिममा रहेका छन् । पालिकामार्फत बन्ने संरचनाहरूमा अनिवार्य रूपमा प्राविधिक मूल्यांकन गरेर मात्रै बन्ने गरेको सिगास गाउँपालिकाका इञ्जिनियर कृष्णबहादुर चलाउनेले जानकारी दिनुभयो । ‘हामीले निर्माण गर्ने संरचनाहरू भूकम्प प्रतिरोधी नै छन्’ चलाउनेले भन्नुभयो ‘निजी संरचनाहरू भने जोखिम नै छ ।’ सरकारी भवनहरू भूकम्प प्रतिरोधी नै हुने गरेको सहरी विकास तथा भवन डिभिजन कार्यालय बैतडीका प्रमुख लाल सिंह विष्टले दाबी गर्नुभयो । ‘हाम्रो मातहत बन्ने भवन तथा संरचनाहरू अनिवार्य भूकम्प प्रतिरोधी निर्माण गर्छौं’ उहाँले भन्नुभयो, ‘स्थानीय तह मातहत बन्ने संरचनाको बारेमा हामीलाई जानकारी छैन ।’

केही साताअघि मात्रै सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । यस्तै, गत कात्तिकमा डोटी केन्द्रबिन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परी ६ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घरहरू भत्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *