क्रिकेटर लामिछानेको मुद्दा फास्ट ट्रयाकबाट निरन्तर सुनुवाइ गरी छिटो टुंग्याउन आदेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा हुने क्रिकेट खेल्न पाउने भएका छन् ।

सोमवार सर्वोच्च अदालतले पाटन उच्च अदालतले विदेश खेल्न जान प्रतिवन्ध लगाएकोमा सर्वोच्च अदालतले त्यसलाई फुकुवा गरेको हो ।
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छोड्ने पुस २८ गतेको उच्च अदालतको आदेश सदर गरेको हो ।

सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ । सन्दीप खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनुपर्नेछ । यस शर्तको उल्लंघन गरेको खण्डमा भने यो सुविधा फिर्ता लिने जानकारी सन्दीपलाई गराउन पनि अदालतले आदेश दिएको छ । अदालतले फास्ट ट्रयाकमा मुद्दाको किनारा लगाउन पनि जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको छ ।

ADVERTISEMENT

सर्वोच्चको आदेशपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सन्दीप लामिछानेको तर्फबाट विदेश खेल्न जान पाउनुपर्ने निवेदनमा सुनुवाई गर्दै विदेशमा खेल्नबाट रोक्नुपर्ने कुनै कारण नरहेकाले विदेशमा खेल्नका लागि जान पाउने आदेश अदालतले दिएको बताउनु भयो ।

उहाँले निजको राहदानी रोक्का भएको भए फुकुवा गर्न पनि आदेश दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उच्च अदालत पाटनबाट विभिन्न प्रकृतिका निषेधात्मक आदेशहरु उल्लंघन नगरी पालना गरेको देखिन्छ । अत प्रतिवादी संलग्न कागजात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलाडी भएको र निजले देश र देशबाहिर पनि अन्तर्राष्ट्रिय स्तरको प्रतिष्पर्धामा भाग लिन जानुपर्ने देखिएको हुँदा विदेश जान रोक लगाउन उच्च अदालत पाटनले प्रकरण नम्बर २१ को खण्ड क दण्डित मिति २०७९/९/२८ मा भएको आदेश मिलेको नदेखिदा सो हदसम्म बदर गरिएको छ । हाल निज प्रतिवादी विश्वकप एशिया छनोटको प्रतियोगिता जानुपरेको निवेदनको अनुसार प्रतिवादी सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जान दिनु, दिलाउनु एवं निजको राहदानी रोक्का भएको भए फुकुवा गरिदिनु भनि सम्बन्धित निकायमा लेखि पठाउनु र निज प्रतिवादी सन्दीप लामिछाने नेपालको तर्फबाट सहभागि भई कुनैपनि देशमा क्रिकेट खेल्न गएको भएमा सो खेल समाप्त भई उपलब्ध यातायातका साधान जस्तै हवाईजहाज, स्वदेश फर्किन लाग्ने युक्तिसंगत म्याद बाहेक १५ दिन भित्र मुद्दा हेर्ने अदालतामा उपस्थित भइ स्वदेश फर्किएको जानकारी दिलाउनु र यस शर्तको उल्लंघन गरेको उक्त सेवासुविधा फिर्ता लिने भन्ने व्यहोराको जानकारी निज प्रतिवादी सन्दीप लामिछानेलाई गराउनु । प्रश्तुत मुद्दा जबरजस्ती करणको अभियुक्त भएको र प्रतिवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी भई सार्वजनिक चासोको विषय भएकोले फास्ट ट्रयाकबाट निरन्तर सुनुवाईका प्रक्रिया पूरा गरी छिटो कारवाही गर्नु भनि काठमाडौ जिल्ला अदालतलाई जानकारी दिई नियम अनुसार गर्नु । प्रश्तुत निवेदन बन्द इजलासबाट सुनुवाई भएकोले यो आदेशको प्रतिलिपि सम्बन्धित जाहेरवाला प्रतिवादी र निजका कानून व्यवसायीलाई मात्र उपलब्ध गराई सो आदेश सामाजिक सञ्जालमा अपलोड नगर्नू नगराउनू ।’

अदालतले प्रस्तुत मुद्दा जबरजस्ती करणको अभियुक्त भएको र प्रतिवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी भई सार्वजनिक चासोको विषय भएकोले फास्ट ट्रयाकबाट निरन्तर सुनुवाईका प्रक्रिया पूरा गरी छिटो कारवाही गर्नु भनि काठमाडौ जिल्ला अदालतलाई जानकारी दिई नियम अनुसार गर्न पनि आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज