फागुन २० भित्रै विश्वासको मत लिने तयारीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गते भित्रै विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

दोश्रो पटक काठमाडौं जानुभएका मुख्यमन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भए पछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गर्नुभएको हो ।

मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिन पछि काठमाडौं जानुभएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्यकर्तासँग भेट गर्नुभएको थियो । तर, विश्वासको मत पाउने शुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उहाँले विश्वासको मत लिन खोज्नुभएको हो ।

‘उहाँले अब फागुन २० गते भित्रै विश्वासको मत लिने गरी तयारी थाल्नु भएको छ, कांग्रेसका एक प्रदेश सभा सदस्यले भन्नुभयो, ‘त्यसका लागि छिट्टै प्रदेश सभा बैठक आह्वान गर्ने तयारी पनि गरिएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि भएको नेकपा एकीकृत समाजवादी पार्टीका कैलाली संयोजक दीर्घ सोडारीले विश्वासको मत लिन अब अप्ठयारो नभएको बताउनुभयो । ‘मुख्यमन्त्रीज्यूलाई विश्वासको मत पाउन अब कुनै सकस हुनेछैन,अब हामी करिव दुई तिहाइ मतका साथ सरकार सञ्चालन गर्नेछौं, र अब यो सरकार दिगो पनि हुने छ ।’

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रमेस सिंह धामीले पनि अब सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन सकस नहुने बताउनुभयो । उहाँले राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा आठ दलीय गठबन्धन बनेको बताउँदै प्रदेश सभा सदस्य धामीले सोही गठबन्धनको जोडबलमा अब प्रदेशमा पनि सरकार बन्ने बताउनुभयो ।

तर यही सरकारलाई विश्वासको मत दिने वा अर्को मुख्यमनत्री बनाउने भन्ने निर्णय अहिलै नभइसकेको उहाँको भनाइ छ ।

राष्ट्रपति निमर्वाचनका लागि केन्द्रमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्र सहितको गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले सजिलै विश्वासको मत पाउने परिस्थिति बनेको हो ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेससँग १९, नेकपा माओबादी केन्द्रका११, नेकपा एसका चार जना प्रदेश सभा सदस्य रहेका छन् । तीन वटै दल मिलेर सरकार बनेको स्थितीमा पनि सुदूरपश्चिम प्रदेश सभामा सरकारसंग ३४ जना प्रदेश सभा सदस्य हुने छन् । जुन सम्मानजनक बहुमत हो । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन आवश्यक पर्ने बहुमत संख्या २७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज