काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर लामो समय पछि वर्षा भएको छ । अर्थात हिउँदे वर्षा भएको छ ।
आइतबार बिहानदेखि आकाशमा हल्का बादललागेसँगै दिउँसो देखि बिभिन्न स्थानमा पानी परेको छ । पश्चिममी वायुसँग भित्रीएको हिउँदे मनसुन ढिलै भएपनि सुरु भएको छ ।
आज देशभर बिभिन्न स्थानमा वर्षा सँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि भएको छ। हिउँदे झरीले तोरी, फापर, गहुँ, ऊवा लगायतका खेती उब्जाउन सघाउँछ।
हिउँदे वर्षाले सिंचेको जमिनबाट विरुवालाई बसन्त ऋतुमा पालुवा पलाउन, राम्ररी हुर्कन र फूल फुल्न चाहिने पोषण प्राप्त हुन्छ। पर्याप्त हिउँदे वर्षा भएका समयमा विरुवाहरू बढी उम्रन्छन् र तिनीहरू हुर्कने सम्भावना राम्रो हुन्छ।



















