बैतडी । बैतडीमा एक युवक मृत फेला परेका छन् । शनिवार साथीहरु संग बनभोज मनाउन गएका जिल्लाको दशरथचन्द नगरपालिका-१० खडेनीका २५ बर्षिय जीवन बुडाल दशरथचन्द नगरपालिकाको चौलानी नदी किनारमा मृत फेला परेका हुन् ।
उनी शनिवार राती ९ बजेतिर चौलानी नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतक युवक शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका-६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म पिकनिक मनाउन गएको खबर आएको दशरथचन्द नगरपालिका-६, का वडा अध्यक्ष महेन्द्र कार्कीले जानकारी दिनुभयो ।
बुडालको कसरी मृत्यु भयो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।






