न्यूयोर्क । सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर हुने महिलामा सेलिना गोमेज पर्नुभएको छ । अमेरिकी गायिका गोमेजको इन्स्टाग्राममा ३८२ मिलियन (३८ करोड २० लाख) फलोअर पुगेको छ । योसँगै उहाँ इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइएकी महिला सेलेब्रेटी बन्नुभचएको हो ।
‘लुज यू टु लभ मी’ गायिका गोमेजले काइली जेनरलाई पछि पार्नुभएको हो । जेनरको हाल ३८० मिलियन फलोअर्स रहेका छन् । गोमेजको पछिल्लो पोस्ट बुधवार (फेब्रुअरी २२)मा पोस्ट गरिएको एक कामुक फोटो हो ।
जसमा उहाँ एक रेस्टुरेन्टमा ककटेलको मजा लिइरहेको देख्न सकिन्छ । ‘मैले यो फोटो कुनै समय डिलिट गरेको थिएँ किनभने यो मलाई टू मच भयो भन्ने लागेको थियो,’ उहाँले फोटोको क्याप्सनमा लेख्नुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच