कालीकोट । कर्णाली करिडोर कालोपत्रे हुने भएको छ । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्रे हुने भएको हो ।
कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम हुने भएको छ । कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्र गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताउनुभयो ।
'खुलालु लैफु हुँदै सलीसल्लासम्मको सडकलाई कालोपत्र गर्ने कार्य थालनी भएको छ ।' ‘उहाँले भन्नुभयो’ । पहिलोपटक सडक कालोपत्र हुन लागेको हो । कालोपत्रका लागि सडक विभागले डिपिआर तयार गर्ने कार्य पूरा भएको र आगामी आवमा सडक कालोपत्र गर्ने कार्य सुरु हुने आयोजना प्रमुख यादवले जानकारी दिनुभएको छ ।
कालोपत्रे सडक दुई लेनको हुनेछ, डिपिआर चाँडै तयार हुने र त्यसपछि विभागले बजेटको व्यवस्था गरेलगत्तै काम सुरु हुनेछ, उहाँले भन्नुभयो ।, “बजेटको लागत अनुमान भइरहेको छ, आगामी आवमा बजेटको व्यवस्था भएर कालोपत्रको काम सुरु हुन्छ ।” कालीकोटदेखि हुम्लाको सलिसल्लासम्मको लम्बाई एक सय २२ किलोमिटर रहेको र कालोपत्र गर्न कम्तीमा चारदेखि पाँच वर्ष लाग्ने प्रमुख यादवले बताउनुभयो ।
कालोपत्रे गर्न पूर्वका सडकलाई चौडा पार्ने, मोड सुधार गर्ने कार्य भइरहेको र यसका लागि छ वटा निर्माण कम्पनीमार्फत काम भइरहेको यादवले जानकारी दिनुभयो । “आठ करोड लगानीमा अहिले सडक सुधारको काम भइरहेको छ”, उहाँले भन्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts