माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तीन दलको निर्णय

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सिंहदरबारमा बसेको तीन दलको बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको छ ।

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो ।

ADVERTISEMENT

स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्न आज (शुक्रबार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्दै हुनुहुन्छ ।

यस्तै उहाँले नेपाली कांग्रसका सभापति शेरबहादुर देउवासँग पनि आज बिहान छलफल गर्दै हुनुहुन्छ । तीन दलीय बैठक पनि शुक्रबार फेरि बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज