केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीपको अध्यक्ष ओलीद्वारा उद्घाटन (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारबाट केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसीको उद्घाटन गर्नुभएको छ ।

प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने र फाइनल खेल दशरथ रंगशालामा हुने युवा संघले जनाएको छ ।

१७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् ।

तस्वीरमा हेर्नुहोस्

ADVERTISEMENT

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *