दमक । ताप्लेजुङको चाँगे थातथलो भई हाल झापा, मोरङ तथा सुनसरीमा बसोबास गर्दै आएका चाँगेलीहरूको एक दिवसीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । चाँगे ताप्लेजुङ एकता सम्पर्क समाज नेपालको आयोजनामा झापाको केर्खामा आयोजित फुटबल प्रतियोगितामा मोरङ (जुनियर) प्रथम भई ट्रफीसहित ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । प्रतियोगितामा सुनसरी-झापा (सिनियर)ले दोस्रो हुँदै नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।
यस्तै, भेट्रानतर्फ मोरङको टिम प्रथम र झापा-सुनसरीको टिम दोस्रो भए । प्रथम र दोस्रोले नगद २५ हजार र १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रदेश नं. १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।
समाजको विकास र उत्थानमा गरेको योगदानको मूल्यांकन गर्दै पत्रकार जगन्नाथ भट्टराई र दिपेश राजथारू, सामाजिक व्यक्तित्व मदन आङ्बुहाङ, गोपाल गौतम, नरजुङ आङ्बुहाङ, दिलकुमार साम्रा (लिम्बू) लाई सम्मान गरिएको थियो ।
एकता समाजले ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेश सरकारको मन्त्री बन्नुभएका प्रमुख अतिथि तिलकुमार मेन्याङ्बोलाई समेत सम्मान गरेको समाजका संस्थापक अध्यक्ष प्रकाश आङ्बुहाङले जानकारी दिनुभयो ।
समाजका केन्द्रीय अध्यक्ष विजयराज आङ्बुहाङको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने चाँगेलीहरूको उल्लेख्य उपस्थिति थियो । युवादेखि वृद्ध उमेरसम्मका चाँगेलीहरू खेलमा सहभागी भएको खेल विभाग प्रमुख देउमान साम्रा लिम्बूले जानकारी दिनुभयो ।
खेल खेलाउनुको औचित्यका बारेमा प्रष्ट पार्दै समाजका संस्थापक अध्यक्ष प्रकाश आङ्बुहाङले भन्नुभयो, ‘चाँगेलीहरूबीच आपसी सद्भाव र भाइचारा सम्बन्ध स्थापित गराउन खेल खेलाइएको हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच