काठमाडौं । खाना पकाउने ग्यास लिक भई भएको आगलागीबाट गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
मुम्बईको नेशनल बर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचार गराइरहनुभएका उहाँको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आइरहेको हो । चिकित्सकहरूका अनुसार आजदेखि उहाँलाई कृत्रिम अक्सिजन दिन बन्द गरिनेछ ।
नेशनल बर्न सेन्टरका डा. सुनिल केशवानीका अनुसार भण्डारीलाई ‘इटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको छ।
सांसद भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएको मुम्बईमा रहनुभएका कांग्रेस नेता योगराज कँडेलले बताउनुभयो ।
सांसद भण्डारीको स्वास्थ्य सुधार भइरहेकाले अबको चार दिनपछि आइविसियु (इन्टेन्सिभ बर्न केयर युनिट) बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएका नेता कँडेलले जानकारी दिनुभयो ।
गत बिहीवार शंखमुलस्थित निवासमा ग्याँस लिक हुँदा आगलागीमा परेर गम्भिर घाइते हुनुभएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भिर घाइते भएकी उहाँकी आमाको भने निधन भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts