फ्रान्स । हलिउड स्ट्यान्डअप कमेडियन एवं अभिनेता रिचर्ड बेल्जरको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा फ्रान्सको ब्युलिउ सुर मेर शहरमा निधन भएको हो । स्ट्यान्ड अप कमेडियनको रूपमा आफ्नो करियर सुरु गर्नुभएका रिचर्डले थुप्रै चलचित्रमा काम गर्नुभएको छ ।
उहाँ विशेषगरी ‘जोन मुञ्च’को भूमिकाका लागि परिचित हुनुहुन्छ । उहाँले ‘होमिसाइडः लाइफ अन द स्ट्रिट’ र ‘ल एण्डः अर्डरस् एसभीय’ शोहरूमा यो चरित्र निभाउनु भएको थियो ।
चार दशकभन्दा लामो समयसम्म उहाँले ‘जोन मुञ्च’ पात्रलाई निभाउन अत्याधिक मिहिनेत गर्नुभएको थियो । जसलाई प्रशंसकहरूले कहिल्यै बिर्सिने छैनन् । उहाँको व्यावसायिकता, प्रतिभा र कामप्रतिको समर्पणले उहाँलाई चलचित्र उद्योगमा अमर बनाएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच