पातारासी गाउँपालिकाद्वारा ३५ किलोमिटर सडक निर्माण

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले आर्थिक वर्ष २०७८-०७९ मा भौतिक पुर्वधारतर्फ करिब ३५ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको सो गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा उक्त संख्यामा सडक बिस्तार भएको गाउँपालिका प्रविधिक शाखाका प्रमुख तथा ईन्जिनियर नवीन शाहीले जानकारी दिनुभयो ।

गाउँपालिका इन्जिनियर शाहीकाअनुसार आ.ब २०७८-०७९ मा २ हजार ४५० मिटर ग्राभेल सडक निर्माण, ९ हजार २९० मिटर ग्रामिण सडक निर्माण, १४ हजार ७३० मिटर गोरेटो बाटो निर्माण, ४ हजार ५६५ मिटर सोलिङ निर्माण र ४ हजार ९१५ मिटर सडकमा पिसिसि-आरसिसी ढलान निर्माण भएको ईन्जिनियर शाहीले जानकारी दिनुभयो ।

नदी नियन्त्रण,जलविद्युत् निर्माण, मर्मत, भवन निर्माण मर्मत, विद्यालयको भवन निर्माण तथा कक्षा कोठा र खानेपानी निर्माण गरिएको गाउँपालिकाको प्रविधिक शाखाले जनाएको छ । उक्त आर्थिक वर्षका भौतिक पुर्वधारको योजनामा ग्रामिण सडक निर्माण र मर्मत का २१ योजना निर्माण सम्पन्न भएकाछन् । गोरेटो पर्यटकिय बाटो २४ वटा निर्माण भएकाछन् । खानेपानी मर्मत १६ वटा र सडक पिसिसि १ वटा निर्माण सम्पन्न भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

आर्थिक वर्ष २०७७-०७८ मा पनि भौतिक पुर्वधारमा ७ हजार ५०० मिटर ग्राभेल सडक निर्माण, १ हजार १२०० मिटर ग्रामिण सडक निर्माण, १२ हजार ५०० मिटर गोरेटो बाटो निर्माण, ३ हजार ३०० मिटर सोलिङ निर्माण र सडकमा पिसिसि-आरसिसी ढलान ९०० मिटर निर्माण भएको पातारासी गाउँपालिकाले जनाएको छ । वडा नं. १ देखी ७ सम्म वडागतका दुई सय ९ वटा योजना आर्थिक वर्ष २०७८-०७९ सम्पन्न भएकाछन् ।

गतवर्ष भन्दा यो वर्षमा वडागत विकासे योजनामा ८ प्रतिशतले प्रगति भएको गाउँपालिका उपाध्यक्ष रोकायाको भनाइ छ । सोही आ.ब मा पालिकाद्वारा संचालित २०६ योजना सम्पन्न भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिनुभयो । योजना संख्याको आधारमा ९८ प्रतिशत योजना सम्पन्न भएकाछन् ।

१ प्रतिशत योजना क्रमगत र १ प्रतिशत योजना मात्र फ्रिज गएको छ । योजना बजेटको आधारमा ८४ प्रतिशत योजना सम्पन्न र १२ प्रतिशत क्रमागत र ४ प्रतिशत फ्रिज गएको पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धितालले बताउनुभयो । उक्त योजनाका लागी १९ करोड १८ लाख ६३ हजार ६०० खर्च भएको पातारासी गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज