राकम कर्णालीमा प्रतिष्ठानको सय बेडको अस्पताल निर्माण हुने

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्ला स्थित पश्चिम कर्णालीकै सबैभन्दा ठुलो स्वास्थ्य संस्थाको रुपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा हुने गरि छिमेकी जिल्ला दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा ट्रमा सेन्टर सहितको शिक्षण अस्पताल निर्माण हुने भएको छ ।

चार बर्षअघि नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो । राकम कर्णालीमा एक सय शैयाको शिक्षण अस्पताल निर्माण भएपछि यहाँका नागरिकलाई गुणस्तरिय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान हुने भएको छ । प्रदेश सरकार तथा संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माणको काम अघि बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताउनुभयो ।

शिक्षण अस्पताल निर्माणका लागि आठबीस नगरपालिका –३ मा दुई हजार १३० वर्गमिटर क्षेत्रफलमा रहेको जग्गा व्यवस्थापन भईसकेको नगरका प्रमुख तर्कबहादुर बडुवालले जानकारी दिनुभयो । अस्पताल निर्माणको लागि डिपिआर बनिसकेको छ । अस्पताल निर्माण तथा संचालनका लागि नगरप्रमुखको संयोजकत्वमा समिति समेत गठन भईसकेको छ ।

विशेषज्ञ सेवा प्रदान गर्न प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका चिकित्सकबाट सेवा पाउने भएका छन् । अहिले अस्पतालमा एक्सरे, भिडियो एक्सरे, इसिजी ल्यावसहित अस्पताल फार्मेसी चलाइरहेको छ । विशेषज्ञ सेवा सञ्चालनका लागि अप्रेसन कक्ष र आवश्यक भौतिक सामग्री व्यवस्थापन भएको नगरप्रमुख बडुवालले बतानउनुभयो । प्रतिष्ठानले राकम कर्णालीको आधारभुत अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबीस नगरपालिकाको आधारभुत अस्पताललाई उपलब्ध गराएको हो ।

अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतिय प्रशारण ट्रास्फर्म खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिनोदकुमार शाह, प्रतिनिधिसभा सदस्य सोविता गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रावलसहितकाे टोलीबाट हालै जडान भएको अक्सिजन प्लान्टकाे सोमवार उद्घाटन गरिएको हाे ।

ADVERTISEMENT

अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार रहेको मन्त्री शाहको भनाइ छ ।

पहिलो पटक राकम पुगेकी प्रतिनिधिसभा सदस्य सोविता गौतमले अब दोस्रो पटक राकम कर्णालीमा आउँदा अस्पताल निर्माण हुने गरि काम गर्ने स्थानीय सरकारको काधमा आएका बताउनुभयो । कर्णालीको समस्यालाई समाधान गर्ने मेरो प्रथामिकतामा पुगेको सांसद गौतमको भनाइ छ । आगामी दुईवर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर संचालनमा ल्याईने कर्णाली स्वास्थ्य विज्ञानले जनाएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज