भोजपुरमा पर्यटन प्रवर्धनका लागि आयोजना भएको पाँचौ मुन्दुम ट्रेल रेसको तयारी हुँदै

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुर जिल्लाको पर्यटन प्रवर्धनका लागि आयोजना गरिएको पाँचौ मुन्दुम ट्रेल रेसको तयारी थालिएको छ । आगामी फागुन २७ गतेबाट हुने ट्रेल रेसका लागि तयारी थालिएको आयोजक रिमाचुङ एजुकेशन स्पोर्टस एकाडेमीका अध्यक्ष पावीहाङ राईले बताउनुभयो ।

जिल्लाको पर्यटन प्रवर्धनको लागि रेस संचालन हुने बताउँदै अध्यक्ष राईले भन्नुभयो, “सरकारले घोषणा गरेको १ सय पर्यटन गन्तब्यमा मुन्दुम पदमार्ग पनि पर्ने भएकाले सोको प्रचार प्रसारसँगै अन्तर्राष्ट्रिय स्तरमा साहसिक खेलको सम्भावना कायम राख्ने उद्धेश्यले पाँचौ मुन्दुम ट्रेल रेस २०७९ हुन लागको हो ।” रेसका लागि अहिले तयारी थालिएको पनि अध्यक्ष राईले बताउनुभयो ।

आयोजकका अनुसार सो ट्रेल रेसमा ४० वर्ष माथिका र १६ वर्ष माथिका खेलाडीले सहभागी जनाउन सक्ने छन । दौडमा पुरुष तथा महिला तर्फ प्रथम हुनेलाई जनही ३५ हजार, दोश्रो २५ हजार, तेश्रो १५ हजार र सान्त्वनालाई पाँच पाँच हजार नगद सहित मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिने छ ।

ADVERTISEMENT

त्यस्तै ४० वर्षभन्दा माथिको पुरुष तथा महिला दौडमा पहिलो हुनेले १० हजार, दोश्रो ८ हजार र तेश्रोलाई ५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । वर्षेनी आयोजना गरिने ट्रेल रेसले स्वस्थ खेलाडी उत्पादनका साथै युवापुस्ता र बालबालिकालाई दुव्र्यसनीबाट टाढा राख्न पनि सहयोग पु-याउने आयोजक संस्थाका पदाधिकारीहरुको भनाई रहेको छ ।

प्रतियोगिता संचालनका लागि करिव १० लाख बजेट लाग्ने अनुमान गरिएको छ । जसका लागि टेम्केमैयुङ गाउँपालिकाले ६ लाख बजेट बिनियोजन गरेको छ । जिल्लाका अन्य पालिकाहरुसँग पनि समन्य भई रहेको अध्यक्ष राईले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई विशेष ध्यानमा राख्दै पर्यटन प्रवर्द्धनलाई टेवा पुर्याउन गाउँपालिकाले सहयोगी भुमिका निर्वाह गर्दे आई रहेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतको धारणा रहेको छ । भोजपुरको वाखखोरबाट सुरु ट्रेल रेस तावाभञ्ज्याङमा पुगेर समापन हुने आयोजक संस्था रिमाचुङ एजुकेशन स्पोर्टस एकाडेमीले जनाएको छ । रेस ५५ किलोमिटर हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज