राष्ट्रपति निर्वाचनबारे जसपाको आन्तरिक छलफल के भयो ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्दै आएको सो पार्टीले आईतबार केन्द्रिय कार्यकारिणी समितिको बैठक बोलाइ सो विषयमा छलफल सुरु गरेको हो ।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभएपनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिनु भयो ।

ADVERTISEMENT

बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको थियो । विधान अधिवेशन र त्यसको समयतालिकासहितको विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता अधिकारीले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘पार्टीको आजको बैठकमा मुख्यतया पार्टीको विधान अधिवेशन र त्यसको समयहरुको सवाल र समसामयिक राजनीतिका विषयमा छलफल भयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ । पार्टीले यसमा सोचिराखेको छ । त्यसबारेमा अहिले औपचारिक निर्णय भईसकेको छैन। किनभने कुनै फिचर क्लिएर भईसकेको छैन । कुनै पनि उम्मेदवारहरुको बारेमा टुंगो पनि लागि सकेको छैन । यसमा पार्टीले भर्खरै केही छलफल गर्नुपर्छ भन्ने पक्षमा छैन । छलफल सबै राजनीतिक दलहरुसँग जारी छ । त्यस अवस्थामा पछि पार्टीले निर्णय गर्छ ।’

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नेपालले उपराष्ट्रपतिमा दावी गर्दै आएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?