काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सत्तारुढ गठबन्धनको टुंगो लाग्ने बताउनु भएको छ ।
कीर्तिपुरमा आफ्नो पार्टीनिकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपतिको चुनावबाट सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताउनु भएको हो ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको १३ फागुनमा मनोनयन रहेको छ । यसलाई इंगित गर्दै उहाँले एक साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुंगो लाग्ने बताउनु भयो।
संविधान विरोधीदेखि संविधानका पक्षपाती शक्तिहरु रहेकाले गठबन्धन लामो नटिक्ने उहाँको दाबी छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता