तम्घासमा लोकवार्ता परिषद्को सम्मेलन हुँदै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । लोकवार्ता परिषद नेपालको ११ औं राष्ट्रिय सम्मेलन गुल्मीको सदरमुकाम तम्घासमा हुने भएको छ । जिल्लाको सभ्यता, सांस्कृतिक सम्पदाको संरक्षण र पहिचान स्थापित गर्ने उद्देश्यका साथ तम्घासमा लोकवार्ता परिषद् नेपालको ११ औं राष्ट्रिय सम्मेलन फागुन ८ र ९ गते हुन लागेको सम्मेलनका जिल्ला संयोजक शशि पन्थीले जानकारी दिनुभयो ।

संयोजक पन्थीकाअनुसार सम्मेलनमा लोकवार्ता, इतिहास, पुरातत्व, भाषा, साहित्य, कला संस्कृति, परम्परा, गित संगीत, मान्यता, रहन-सहन, रीतिरिजाव, प्रविधि, शैली र लोकजीवनको समग्रताको विमर्श गरिने पन्थीले जानकारी दिनुभयो । “लोकवार्ताले मानव जीवनलाई परिमार्जन गर्ने, समुन्नत एवम् सरल बनाउने तथा समाजको विकास र अध्ययनमा सहयोग पुर्‍याउँछ ।” उहाँले भन्नुभयो, “स्थानीय तथा राष्ट्रिय सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन नै यसको मुख्य लक्ष्य तथा उद्देश्य रहेको छ ।”

जातीय गौरव र राष्ट्रिय पहिचान नै राष्ट्रको सम्पत्ति बताउँदै मौलिक पहिचानको आधार मानिने लोक साहित्य तथा परम्परा लोक प्रविधि लोक जीवन लोकोक्ती लोक दर्शनलगायतको अध्ययन अनुसन्धान कार्य गर्नु र प्रकाशन गर्नु लोकवार्ता परिषद्को उद्देश्य रहेको लोकवार्ता परिषद नेपालको ११ औं राष्ट्रिय सम्मेलन प्रचारप्रसार समिति गुल्मीका संयोजक रेशम कुँवरले जानकारी दिनुभयो ।

“यहाँ भएको सम्मेलनले स्थानीय भाषा साहित्य कला संस्कृति प्रविधि महत्व दर्शाउँछ । लोकवार्ताको माध्यमबाट विभिन्न स्थानीय सम्पदाहरुलाई राष्ट्र तथा बिश्वब्यापी गराउँन सहयोग पुग्छ ।” उहाँले भन्नुभयो, “नेपाली लोकजीवनका विविधताहरुको अध्ययनलाई प्रोत्साहन गर्छ । लोपोन्मुख भाषा-कला, साहित्य प्रविधि र शैलीको संरक्षणमा जोड दिने । विद्यालय र विश्व विद्यालयको लागि निर्माण हुने पाठयक्रमको आधारभूत सामाग्री बन्न सक्छ ।”

ADVERTISEMENT

विभिन्न ऐतिहासिक धार्मिक भौगोलिक प्राकृतिक पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रको पहिचान संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्नेछ । सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रहरुलाई पुस्तकको रूपमा प्रकाशन गरि अभिलेख तयार गरिने समितिले जनाएको छ । सम्मेलनमा लोक कलाका विविध पक्षहरूको प्रस्तुत गरिनेछ ।

स्थानीय धार्मिक सांस्कृतिक ऐतिहासिक पुरातात्विक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गरिने प्रचारप्रसार संयोजक कुँवरले बताउनुभयो । लुम्बिनी प्रदेशका तीन जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीमा फागुन ६ गतेदेखि ११ गतेसम्म सम्मेलन गर्ने निर्णय गरिएको थियो ।

गुल्मी जिल्लामा रेसुङ्गा नगरपालिका, उद्योग वाणिज्य संघ, रेसुङ्गा संरक्षण समिति, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, तम्घास धागिथुम भगवती मन्दिर, कालिका क्लब सिमीचौर, लोकदोहोरी प्रतिष्ठान, अन टेष्ट युवा कलब, अर्खले भजनमण्डलीलगायतको सहयोगमा ११ औं राष्ट्रिय सम्मेलनमा किरण पुस्तकालयको आतिथ्यता र लोकवार्ता परिषद काठमाडौको आयोजनामा तम्घासको बालमन्दिरमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज