बैतडीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । गोकुलेश्वरबाट बैतडी तर्फ जादै गरेको से १ ज ९२७ जीप दशरथचन्द राजमार्गको देहीमाण्डौ घुसुल्ला भन्ने स्थानमा दुर्घटना हुँदा तीन जना  घाइत भएका छन् ।

घाइतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जीपमा ९ जना सवार रहेकाे बुझिएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ADVERTISEMENT

जीप सडकबाट ३ मिटर तल खसेको छ । जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज