‘छक्का पञ्जा-४’को ट्रेलर ट्रेन्डिङमा

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा-४’को ट्रेलर युट्युबको ट्रेन्डिङमा रहेको छ । युट्युब सार्वजनिक चलचित्रको ट्रेलर छोटो समयमै एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्रको ट्रेलरले समसामयिक राजनीनितलाई व्यंग्य गरेको छ । नेपाली राजनीतिमा रहेको विकृतिका कारण युवा पुस्ताले देशै छोड्नु परिरहेको अवस्थालाई चलचित्रले व्यंग्य गरेको छ । चलचित्रमा दीपकराज गिरी ‘राजा’को भूमिकामा देखिनुभएको छ । उहाँ गुण्डागर्दीको बलमा नेतालाई सहयोग गरिहरहेको देखिनुहुन्छ छन् ।

जब उहाँ सुधारगृहबाट निस्किनुहुन्छ, त्यसपछि निर्वाचनमा होमिने उहाँको जीवनमा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक चलचित्रको ट्रेलरमा गुण्डागर्दीदेखि नेतासम्मको ‘राजा’ नामको चरित्रको यात्रालाई देखाइएको छ  । राजनीति र सामाजिक विषयमा निर्माण भएको चलचित्र कमेडी जनरामा बनेको छ  ।

ADVERTISEMENT

चलचित्रको ट्रेलरमा नीर शाह, दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, रमेश बुढाथोकी, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङलगायतलाई देख्न सकिन्छ । हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा स्वस्तिमा खड्का, राज आचार्य, नीर शाह, सुष्मा निरौला, मलिना जोशी, बेदना राई, लुनिभा तुलाधर, अनुराग कुँवरलगायत कलाकारको अभिनय छ । आमा सरस्वती मुभिज र आइएमइको ब्यानरमा चलचित्र निर्माण भएको र दीपकराज गिरीको लेखन रहेको यो चलचित्र यही फागुन १९ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *