टर्की भूकम्पमा बेपत्ता फरवार्ड क्रिस्टियन मृत फेला

Read Time = 2 mins

लण्डन । टर्कीमा गएको भूकम्पमा परेर घाइते हुनुभएका चेल्सी तथा न्युक्यासलका पूर्वखेलाडी क्रिस्टियन आत्सुको निधन भएको छ । घानाका राष्ट्रिय खेलाडी ३१ वर्षीय आत्सु भूकम्पले क्षतिग्रस्त उहाँकै घरबाट करिब दुई हप्तापछि मृत निकालिएको उहाँका एजेन्टलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

आत्सुले चेल्सी, एभर्टन र न्युक्यासलबाट युरोपेली फुटबल खेल्नुभएको थियो । उहाँ टर्कीको अन्तक्या-हटाएस्थित अपार्टमेन्ट भत्किएपछि बेपत्ता हुनुभएको थियो । ‘हाम्रो दुःख व्यक्त गर्ने कुनै शब्द छैन,’ आत्सुको क्लब हटायस्पोरले ट्विट गरेको छ, ‘हामी तिमीलाई कहिल्यै बिर्सने छैनौँ आत्सु, चीर शान्तिको कामना ।’
यसअघि नै आत्सुलाई जीवितै उद्धार गरिएको समाचार बाहिरिएको थियो । तर, अर्को दिन उहाँ आत्सु नभएको खुलेको थियो । क्रिस्टियनले पछिल्लो समय टर्कीको हटेस्पोरबाट खेल्दै आउनुभएको थियो ।

ADVERTISEMENT

३१ वर्षीय फरवार्ड साउदी अरबको क्लब अल–रायदमा एक सिजन बिताएर हटेस्पोरमा अनुबन्ध हुनुभएको थियो । उहाँले घानाका लागि ६५ खेल खेलिसक्नुभएको थियो । टर्की र सिरियामा भूकम्पका कारण हालसम्म ४५ हजारभन्दा धेरैको ज्यान गइसकेको अल जजिराले जनाएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *